
खरसाङ, 14 जून (हि.स.)। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले कालेबुङको पर्यटकीय स्थल डेलोमा घटेको घटनाको घोर विरोध जनाएका छन्।
उनले डेलो घटना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपाको नाम गरेर धम्काउने व्यक्ति विषयमा आफुहरुले राज्य भाजपा कमिटीमा पनि सोधपुछ गरेको, तर उक्त व्यक्ति भाजपाको नभएको थाहा लागेको बताए। उनले भाजपाको नाममा अथवा कुनै व्यक्तिले भाजपाको ट्याग प्रयोग गरेर सरकारी कर्मचारी साथै जनतालाई धम्काउने काम गर्छ भने सहन गरिने छैन भनी बताए।
लामाले डेलो घटनालाई लिएर भाजपा पार्टीको नामलाई धमिल्याउने र बद्नाम गर्ने प्रयास गरेको आरोपमा उक्त व्यक्ति विरुद्ध भाजपाले कालेबुङमा प्राथमिकी दर्ता गरेको जानकारी गराए। उनले यस घटनालाई लिएर जीटीएले पनि तत्काल प्राथमिकी दर्ता गर्नुपर्ने थियो भन्दै यहाँको क्षेत्रीय व्यवस्था जीटीएको अधिनस्थ रहेकाले भाजपाले हस्तक्षेप गर्दैन भनी बताए।
हिन्दुस्थान समाचार / हनोक