दार्जिलिङ हिमालयन रेलवेको इतिहासमा गोर्खाहरुको योगदान अतुलनीय छ : निर्देशक रिसभ चौधरी
निर्देशक रिसभ चौधरी


खरसाङ, 14 जून (हि.स.)। दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरीले दार्जिलिङ हिमालयन रेलवे विषयमा सिलगढीमा आफुले दिएको बयानको स्पष्टीकरण दिएका छन्।

उनले खरसाङमा पत्रकारहरुले उक्त विवादस्पद बयान विषयमा सोधेका प्रश्नको उत्तरमा आफ्नो स्पष्टीकरणमा भने, 'आँखाबिना देख्न सकिॅंदैन, कानबिना सुन्न सकिॅंदैन र रगतबिना नसा चल्दैन। त्यसरी नै गोर्खाहरुबिना दार्जिलिङ हिमालयन रेलवेको इतिहास कल्पना पनि गर्न सकिन्दैन।'

उल्लेख्य, निर्देशक रिसभ चौधरीले दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भइरहेको समर फेस्टिभल अन्तर्गत शुक्रवार सिलगढीमा दार्जिलिङ हिमालयन रेलवे लेप्चा, बंगाली र भारतीयहरुको रहेको बताएका थिए, जसले विवाद उत्पन्न गरेको थियो।

निर्देशक चौधरीले भने, 'मेरो भनाइलाई गलत तरिकाले लिइयो, तर मेरो सम्पूर्ण वक्तव्यलाई सुने स्पष्ट हुन्छ। मेरो भनाई दार्जिलिङ हिमालयन रेलवेको उन्नतिमा मुख्य भूमिका निर्वाह गर्ने विशेष समुदायको विषयमा चर्चा गर्नु थियो। डीएचआर गोर्खा समुदायप्रति ऋणि छन्। दार्जिलिङ हिमालयन रेलवेको इतिहासमा गोर्खाहरुको योगदान अतुलनीय छ। दार्जिलिङ हिमालयन रेलवेको अहिलेका गौरवमय अस्तित्व हुनमा पनि गोर्खाहरुको महत्वपूर्ण भूमिका रहेको छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande