सांसद इन्द्रहङ सुब्बा ल्याम्प हाउसको उद्घाटन गरे
सांसद इन्द्रहङ सुब्बा ल्याम्प हाउसको उद्घाटन गरे


दराप, 14 जून (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले दरापको लेबुन्बा पुङ्वा नी इङ्ग युकमा नवनिर्मित ल्याम्प हाउसको उद्घाटन गरे। यस परियोजनाका लागि एमपील्याड्स योजनाअन्तर्गत 5 लाख रूपियॉं सहयोग प्रदान गरिएको थियो।

कार्यक्रम सिकुम सियोङ सेप्सिङ युमा माङ्गको उपस्थितिमा आयोजना गरिएको थियो। साथै, कार्यक्रममा एसटीसीएस सल्लाहकार डिल्लीराम लिम्बू, युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रको विधायकका ओएसडी बसन्त तामाङ, युमा माङ्ग मङ्गहिम निर्माण समितिका सदस्यहरू पनि उपस्थित थिए।

ल्याम्प हाउसको उद्घाटनले समुदायको आध्यात्मिक र सांस्कृतिक परम्परालाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कदम चाल्ने र यसले आउँदो पुस्ताका लागि भक्तिको स्थानको रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande