गोथल्स अनि सिंगेल चियाबारीमा गोरामुमोको सांगठनिक सभा सम्पन्न
गोथल्स अनि सिंगेल चियाबारीमा गोरामुमोको सांगठनिक सभा सम्पन्न


सोनादा, 14 जून (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत टुंग सन्तमेरिज समष्टिको सिंगेल चियाबारी अनि गोथल्समा गोरामुमोको सांगठनिक सभा सम्पन्न गरिएको छ। उक्त जानकारी आज समष्टि सचिव सन्तोष सुब्बाले जानकारी दिए।

एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राईको अध्यक्षतामा सम्पन्न भएको सभालाई महेन्द्र तामाङले सञ्चालन गरेका थिए। सभामा सिंगेल शाखालाई बलियो बनाउनको निम्ति व्यापक छलफल गर्दै शाखामा थप नयाँ सदस्यहरु चयन गरिएका छन्।

सभामा वक्ताहरूले भने, लथालिङ्ग भएको दार्जिलिङ पहाडलाई अब संवैधानिक व्यवस्थामार्फत् सुरक्षित गर्दै भविष्यको भावी पिँढीहरुको निम्ति तपाई हामी सबै एक भएर कार्य गर्नुपर्छ। अब यो अन्तिम लडाई हो सबै गोर्खा सन्तान पार्टी हेरेर होइन, तर जाति र माटोको निम्ति अघि आउनुपर्छ।

गोथल्स शाखामा समष्टि अध्यक्ष मदन छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सांगठनिक सभामा एचपीडब्ल्यु केन्द्रिय समिति अध्यक्ष बीके राई, हेमराज छेत्री, अमृता राई तिलक राई अनि शाखाका प्रतिनिधिबर्ग उपस्थित रहेका थिए। सभामा गोर्खा जातिले संवैधानिक न्याय नपाएसम्म गोरामुमो लागि पर्ने प्रतिबद्धता व्यक्त गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande