हाट्टन रोड अतिक्रमण हटाऔं अभियानमा आसनसोल चेम्बर अफ कमर्स सामेल
हाट्टन रोड अतिक्रमण हटाऔं अभियानमा आसनसोल चेम्बर अफ कमर्स सामेल


पश्चिम बर्दवान, 15 जून (हि. स.)। आसनसोल हाट्टन रोडमा सञ्चालित अतिक्रमण हटाऔं अभियानमा आसनसोल चेम्बर अफ कमर्सको पक्षबाट सचिव शम्भु नाथ झाले नेतृत्वकारी भूमिका निभाउँदै अभियानका गतिविधिहरूमाथि निगरानी राखे।

अभियान अवधि त्यसबेला उपस्थित मानिसहरूले आश्चर्यको माहोल बनाए जतिबेला अतिक्रमण हटाउने कारबाहीबीच एउटा पसलबाट एयरकण्डीशनर निकाले। यसलाई लिएर क्षेत्रमा चर्चा शुरू भयो।

यस सम्बन्धमा आसनसोल चेम्बर अफ कमर्सका सचिव शम्भु नाथ झाले भने, हाट्टन रोड शहरको महत्वपूर्ण व्यावसायिक क्षेत्र हो र यहाँं पछिल्लो लामो समयदेखिकै अतिक्रमणको समस्या व्याप्त भएको थियो। उनले भने, सड़क अनि फुटपाथलाई व्यवस्थित बनाउनको लागि सबै व्यापारीहरूले नियम पालन गर्नुपर्छ।

उनले भने, व्यापारीहरूले प्रशासनसित सहयोग गर्नुपर्छ ताकि बजार क्षेत्रलाई सुचारु, सुरक्षित औ आम मानिसहरूको लागि सुविधाजनक बनाउन सकियोस्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande