
गुवाहाटी, 15 जून (हि.स.)। ब्ल्याक प्यान्थर जसलाई स्थानीय भाषामा घोङ्गको नामले चिनिन्छ, एउटा दुर्लभ वन्य जीव हो। यसको सङ्ख्या एकदमै थोरै छ। असमका केही वन क्षेत्रहरूमा ब्ल्याक प्यान्थरको उपस्थिति देख्न पाइयो। यसै क्रममा लखिमपुर विधानसभा अन्तर्गत दुलुङ्ग आरक्षित वन क्षेत्रमा पहिलो पटक ब्ल्याक प्यान्थरलाई देखिएको छ। यस आशयको जानकारी असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियाको एउटा पोस्ट मार्फत दिएका छन्।
डा. सरमाले ब्ल्याक प्यान्थरको तस्वीरसितै पोस्ट शेयर गर्दै आज भनेका छन्, जैव गतिविधि सम्बन्धि एउटा खुशीको खबर बारे अवगत गराउन चाहन्छु। लखिमपुर विधानसभा क्षेत्रको दुलुङ्ग आरक्षित वन क्षेत्रमा पहिलो पटक ब्ल्याक प्यान्थर (घोङ्ग)-को तस्वीर क्यामरामा कैद भएको छ।
उनले बताएका छन्, लखिमपुर वन मण्डल अन्तर्गत एक अनुसन्धान दलद्वारा क्षेत्रमा नियमित क्यामरा ट्र्याप कार्यक्रम गरियो जसको प्रयासले क्यामरामा ब्ल्याक प्यान्थरको तस्वीरलाई कैद गरियो।
दुर्लभ तथा सङ्कटग्रस्त प्रजातिको यस जानवरलाई दुलुंग वनक्षेत्रमा देखिनुले यस कुरालाई साबित गर्दछ कि पूर्वी हिमालयको बेसीमा अवस्थित स-सानो संरक्षित वन क्षेत्रहरू पनि ठूलो मांसहारी वन्यजीवहरूको सुरक्षाको लागि अत्यन्त महत्वपूर्ण छ। स्वाभाविक रूपले यो खबरले वन्य जीव-न्तुहरूको लागि हाम्रो पर्यावरण अनुकूल तस्वीरलाई उजागार गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा