
सिलगढ़ी, 15 जून (हि.स.)। भारत-नेपाल सीमामा सुरक्षा एजेन्सीहरूले अवैध रूपमा भारतमा प्रवेश गर्ने प्रयास गरिरहेका एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेका छन्। आरोपीको पहिचान नन्दन दासको रूपमा भएको छ जो बङ्गलादेशको मादारीपुर जिल्लाका निवासी रहेको बताइएको छ। घटना दार्जीलिङ जिल्लाको खोरीबारी क्षेत्रमा भएको हो।
सशस्त्र सीमा बल (एसएसबी) अनुसार आरोपीले आइतवार नेपालबाट भारतमा प्रवेश गर्ने प्रयास गरिरहेको थियो। जाँचमा उसित रहेका दस्तावेजहरूमा गड़बड़ी पाइएको कारणले उसलाई घटनास्थलमै हिरासतमा लिइयो। जाँच गर्दा उबाट बङ्गलादेशी पासपोर्ट, एक्सपायर भिजा, एउटा मोबाइल फोन र बङ्गलादेशी सिम कार्ड भेटियो।
प्रारम्भिक जाँचबुझमा आरोपीले बतायो, उ यसै वर्षको फरवरी महिनामा दलालको माध्यमबाट कामको सिलसिलामा सर्बिया जाने उद्देश्यले बङ्गलादेशदेखि नेपालमा आएको थियो। तर दलालसित सम्पर्क हुन नसकेपछि उ नेपालमै बस्यो अनि पछि अवैध रूपमा भारतमा प्रवेश गर्ने चेष्टा गर्न थाल्यो।
एसएसबीले आरोपीलाई अग्रिम कारबाहीको लागि सोमवार खोरीबाड़ी थानाको पुलिसलाई सुम्पिदिएको छ। पुलिसले एसएसबीको सिकायतको आधारमा उसलाई पक्राउ गऱ्यो।
पुलिस सूत्र अनुसार आरोपीलाई सोमवार सिलगढ़ी महकुमा अदालतमा पेश गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा