
गुवाहाटी, 15 जून (हि.स.)। आगामी 1, 2 र 3 जुलाईमा प्रस्तावित प्रधानमन्त्री नरेन्द्र मोदीको असम दौड़ाहलाई सफलतापूर्वक सम्पन्न गराउने उद्देश्यले गठित समितिको बैठक सोमवार आयोजना गरियो। बैठकमा असम सरकारकी क्याबिनेट मन्त्री अजन्ता नओग पनि उपस्थित थिइन्।
मन्त्री अजन्ता नेओगले सोशल मीडिया पोस्टको माध्यमबाट जानकारी गराउँदै भनिन्, बैठकमा प्रधानमन्त्रीको भ्रमणसित सम्बन्धित विभिन्न व्यवस्था अनि तयारीहरूको समीक्षा गरियो। पर्यटन विभाग, गुवाहाटी नगरनिगम तथा अन्तर्देशीय जल परिवहन विभागका अधिकारीहरूको पनि बैठकमा उपस्थित रहेको थियो।
बैठकमा सम्बन्धित विभागहरूसित विस्तृत चर्चा गर्दै प्रधानमन्त्रीको तीन दिवसीय असम प्रवास कालमा प्रस्तावित सबै कार्यक्रमहरूको सुचारू एवं सफल आयोजनलाई सुनिश्चित गर्नेमाथि बल दिइयो। अधिकारीहरूलाई समयबद्ध ढङ्गमा आवश्यक तयारीहरू पूरा गर्ने निर्देश पनि दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा