
सिलगढ़ी, 15 जून (हि.स.)। उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) को सिकायतपछि उच्च अदालतको निर्देशमा सिलगढ़ी नगरनिगमले अवैध निर्मणहरूलाई भत्काउन शुरू गरेको छ। लामो समयदेखिकै थाँतीमा रहेको यो मामिलामा सोमवार बिहान नगरनिगमको टीम जेसीबी र हतौड़ा लिएर घटनास्थलमा पुग्यो अनि अवैध भागहरूलाई ध्वस्त बनाइदियो।
मामिला मल्लागुड़ीस्थित विश्वदीप सिनेमा हल नजिकै रहेको एनबीएसटीसी बस डिपो संलग्न एउटा तीन तले भवनको हो। एनबीएसटीसी प्रबन्धनले आरोप लगाएका थिए, भवनको एक भाग उनीहरूको लगभग एक फुट जमीनमा अवैध रूपमा बनिएको छ। यो मामिला पछिल्लो लामो समयदेखिको अदालतमा चलिरहेको थियो।
लगभग तीन महिनाअघि नगरनिगमले भवनका मालिकलाई नोटिस जारी गरी अवैध भागलाई भत्काउने निर्देश दिएको थियो, तर तोकिएको समयमा उनीहरूले कुनै पदक्षेप लिएनन्, त्यसैले आज एक अभियान अन्तर्गत लगभग 6 फुट भागमा निर्मित अवैध निर्माणलाई भत्काइयो।
अर्कोतिर बिल्डिङ्ग मालिकले नगरनिगम र एनबीएसटीसीको कारबाहीमाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइ छ, सिकायत एक फुट मात्र जमीनसित सम्बन्धित जसलाई उनीहरूले पहिला नै पर्खाल भत्काएर खाली गरिदिएका थिए। तथापि पूर्व सूचना बिनै 6 फुट भागलाई भत्काइयो जुन अन्यायपूर्ण हो।
यता सिलगढ़ी नगरनिगमको भनाइ छ, अदालतको आदेशलाई पालन गर्दै यो कदम उठाइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा