डिब्रुगढ़लाई दोस्रो राजधानीको रूपमा विकसित गरिनेछ, 500 करोड़ रुपियाँ आवन्टित
डिब्रुगढ़लाई दोस्रो राजधानीको रूपमा विकसित गरिनेछ, 500 करोड़ रुपियाँ आवन्टित


गुवाहाटी, 15 जून, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, राज्य सरकार डिब्रुगढ़लाई असमको दोस्रो राजधानीको रूपमा विकसित गर्ने दिशामा अगाड़ि बड़िरहेको छ। यसको लागि विकासमूलक कार्यहरू गर्न 500 करोड़ रुपियाँको धनराशि आवन्टन गरिएको छ। मुख्यमन्त्री कार्यालयले बतायो, मुख्यमन्त्रीले फेसबुक लाइभको माध्यमबाट राज्यका जनतालाई सम्बोधन गरिरहेका थिए।

मुख्यमन्त्री कार्यालयद्वारा आज जारी आधिकारिक बयानमा भनिएको छ, मुख्यमन्त्रले सिलचरमा नयाँ हवाईअड्डा निर्माण तथा रूपसी हवाईअड्डालाई लोजिस्टिक्स हबको रूपमा विकसित गर्ने योजनाको जानकारी पनि दिए। उनले बताए, युवाहरूको लागि लगभग दुई लाख रोजगारको अवसर सृजना गर्ने तयारी शुरू गरिसकिएको छ।

डा. सरमाले भने, राज्यमा उच्च शिक्षा तथा स्वास्थ्य सेवाहरूको आधारभूत ढाँचालाई सशक्त बनाउनको लागि हैलाकान्दी, होजाई, बजाली र ग्वालपाड़ामा नयाँ मेडिकल कलेजहरू स्थापना गर्ने कार्यलाई द्रूत गतिमा अगाड़ि बढ़ाइरहेको छ। यसबाट चिकित्साको क्षेत्रमा थप स्वास्थ्य सुविधाहरू विस्तार हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande