
पूर्व मेदिनीपुर, 15 जून (हि.स.)। जिल्लाको दिघालाई आगामी दिनमा विस्वस्तरीय पर्यटन केन्द्रको रूपमा विकसित गरिनेछ। यसको साथै मन्दारमणि र ताजपुर समुद्र तटलाई पनि नयाँ रूपमा सजाउने योजना बनाइएको छ। यो घोषणा मुख्यमन्त्री शुभेन्दु अधिकारीले गए आइतवार राती दिघा-शङ्करपुर विकास परिषदका अधिकारीहरूसित बैठक गरेपछि गरेका हुन्।
लगभग दुई घण्टासम्म चलेको बैठकपछि मुख्यमन्त्रीले भने, पूर्व मेदिनीपुर जिल्लामा समुद्र, कृषि औ उद्योग जस्ता सब सम्भावनाहरू उपस्थित छन्। यदि सही ढङ्गमा विकास गरियो भने यो जिल्ला राज्यमा सबैभन्दा अगाड़ि हुनसक्छ। उनले आरोप लगाए, पछिल्लो सरकार कालमा विकास कार्य ठप्प भएको थियो भने अस्पतालहरूको स्थिति दयनीत भइसकेको छ।
मुख्यमन्त्रीले दिघा स्टेट जनरल अस्पतालको खराब व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, यहाँ पर्याप्त आईसीयू बेड, एम्बुलेन्स र आवश्यक चिकित्सा सुविधाहरूको ठूलो अभाव छ। हालैमा अभिनेता राहुल अरुणोदय ब्यानर्जीको समुद्रमा डुबेर मृत्यु भएको घटनाको उल्लेख गर्दै उनले भने, पर्यटकहरूको सुरक्षा र उपचारको श्रेष्ठ व्यवस्था गर्न आवश्यक छ। यसको लागि सय बेडको अस्पताल, पाँच आईसीयू बेड र विशेषज्ञ डाक्टरहरूको व्यवस्था गर्ने निर्देश दिइएको छ।
यस अतिरिक्त मुख्यमन्त्रीले बताए, नयाचारमा निर्माण हुने मत्स्य हब, हल्दिया बन्दरगाहको पुनर्विकास औ दादनपात्रबाड़ क्षेत्रमा गहिरो समुद्री बन्दरगाह परियोजनामाथि पनि चर्चा भयो। उनको भनाइ छ, यसबाट सम्पूर्ण जिल्लाको अर्थव्यवस्थामा ठूलो परिवर्तन आउनेछ।
मुख्यमन्त्रीले यो पनि घोषणा गरे, दिघा आउने पर्यटकहरूबाट लिइने दश रुपियाँको विकास शुल्क एक जुलाईदेखि बन्द गरिनेछ। उनले भने, लाखौं पर्यटकहरूबाट यति कम आय हुनुले व्यवस्थामाथि प्रश्न उठाउँछ। सरकारले यस व्यवस्थालाई समाप्त गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा