
शिवसागर (असम), 15 जून (हि.स.)। नाजिराको धिताइपुखुरी क्षेत्र अन्तर्गत शिलाकुटी भकत गाउँमा ओएनजीसीको ग्यास परिवहन पाइपलाइन फाटेको कारणले लगातार ग्यास चुहिरहेको समाचार प्रकाशमा आएको छ। घटनापछि सम्पूर्ण क्षेत्रको माहोल भयपूर्ण भएको छ।
स्थानीय मानिसहरूले आरोप लगाएका छन्, ओएनजीसीले पुरानी पाइपलाइनलाई परिवर्तन गर्नको सट्टा अस्थायी रूपमा मद्दत गरेर काम चलाइरहेको छ जसले गर्दा यस किसिमको घटना भइरहेको छ। ग्रामीणहरूले पाइपलाइनको स्थितिलाई लिएर पछिल्लो लामो समयदेखिकै चिन्ता व्यक्त गर्दै आइरहेका थिए। यस चुहावटको घटनापछि मानिसहरूले आशङ्का व्यक्त गरेका छन्, यदि तत्काल प्रभावकारी कदम उठाइएन भने कुनै पनि समय बाघजान जस्तोगम्भीर तथा भयानक दुर्घटना हुनसक्छ। स्थानीय मानिसहरूले प्रशासन अनि ओएनजीसीसित शीघ्र कारबाही गरी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा