शहीद कुशल कोँवरलाई श्रद्धापूर्वक कामरूप (मेट्रो) जिल्ला प्रशासनले स्मरण गऱ्यो
शहीद कुशल कोँवरलाई श्रद्धापूर्वक कामरूप (मेट्रो) जिल्ला प्रशासनले स्मरण गऱ्यो


गुवाहाटी, 15 जून (हि.स.)। वर्ष 1942- को स्वतन्त्रता संग्रामका शहीद कुशल कोँवरको पुण्य स्मृति दिवसको अवसरमा साेमवार कामरूप (मेट्रो) जिल्ला प्रशासनले श्रद्धा पूर्वक स्मरण गऱ्यो।

यस अवसरमा आज कामरूप (मेट्रो) जिल्ला प्रशासनको आयोजनमा गुवाहाटीको नेहरू उद्यानमा आयोजित एक श्रद्धाञ्जली कार्यक्रममा राज्य सरकारका वित्त, वन औ पर्यावरण आदि विभागीय मन्त्री जयन्त मल्लबरुवाले मुख्य अतिथिका रूपमा उपस्थित भएर शहीद कुशल कोँवरको प्रतिमामा पुष्पाञ्जली अर्पण गरे।

भारत माताका योग्य पुत्र शहीद कुशल कोँवरलाी गहिरो श्रद्धा अर्पण गर्दै मन्त्री जयन्त मल्लबरूवाले भने, आजको यस पवित्र दिनले हामीलाई हाम्रो मातृभूमिको लागि आत्मबलिदान दिएको दिनलाई स्मरण गराउँछ। शहीदले देश सेवाको लागि आफूलाई हाँसी-हाँसी बलिदान गरे।उनको आत्मबलिदानबाट हामीलाई अद्वितीय देशभक्तिको प्रेरणा प्राप्त हुन्छ। आजको स्वतन्त्र भारतमा आत्मसम्मान पूर्वक जिउनुको मूल कारण हो, स्वतन्त्रता सङ्ग्रामीहरूद्वारा गरिएको त्याग अनि बलिदान हो। उनीहरूको यस त्यागले हामीलाई एक स्वतन्त्र भारत दिएको छ जहाँ हामीले विश्वका अग्रणी राष्ट्रहरूमा आफ्नो स्थान बनाउने सुनौलो अवसर पाएका छौं। कुशल कोँवर जस्ता स्वतन्त्रता संग्रामीहरूले जसरी भारतलाई सजाउन चाहे, त्यसरी नै हामीले आफूलाई अगाड़ि बढ़ाउने सङ्कल्प लिनुपर्छ।

श्रद्धाञ्जली कार्यक्रमसित सामञ्जस्य राख्दै आयोजित सबै धर्मको प्रार्थना सभामा कस्तूरबा सेवा आश्रमका सेविकाहरूले गीत तथा उपनिष्दको पाठ गरे भने हाफिज मौलाना मुस्तफा नाज़िमले कुरान पाठ गरे। यसरी नै दीपेन बोड़ोले बाइबल पाठ गरे भने भगत सिंहले सिख धार्मिक ग्रन्थको पाठ गरे जबकि क्षेमानन्द भिक्षुले त्रिपिटक पाठ गरे।

स कार्यक्रममा गुवाहाटी लोकसभा क्षेत्रकी सांसद बिजुली कलिता मेधी, गुवाहाटी नगरनिगम (जीएमसी)- का मेयर मृगेन शरनिया, जिल्ला आयुक्त स्वप्नील पाल, गुवाहाटी महानगर विकास प्राधिकरणका सचिव डा. जीवन कृष्ण गोस्वामी, शहीद कुशल कोँवरकी पत्नी यमुना कोँवर, भारतीय स्वतन्त्रता सङ्ग्राम सङ्गठनका महासचिव जीतेन्द्र रघुवंशी, 103 वर्षीय स्न्तंत्रता सेनानी पुनेश्वर दुवरा औ 99 वर्षीय स्वतन्त्रता सेनानी भोलनाथ नगरिया एवं गोलक हजारिकको साथमा द्विजेन्द्र मोहन शर्मा तथा जिल्ला प्रशासनका अधिकारी-कर्मचारी उपस्थितहरू थिए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande