खड़गपुरका तृणमूल नेताहरूमाथि भ्रष्टाचारको आरोप, विरोध प्रदर्शनमा फालियो सड़िसकेको अण्डा
खड़गपुरका तृणमूल नेताहरूमाथि भ्रष्टाचारको आरोप, विरोध प्रदर्शनमा फालियो सड़िसकेको अण्डा


खड़गपुर, 15 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर ग्रामीण विधानसभा क्षेत्रस्थित सामेश्वरपुर क्षेत्रमा गए आइतवार साँझ स्थानीय तृणमूल कङ्ग्रेस नेताहरूमाथि लागेको भ्रष्टाचारको आरोपलाई लिएर ग्रामीणहरूको एक समूहले विरोध प्रदर्शन गऱ्यो। प्रदर्शन अवधि माहोल तनाउपूर्ण भयो। आरोप छ, प्रदर्शनकारी नेताहरूको घर अगाड़ि कुहिएका अण्डाहरू पनि फालियो।

स्थानीय मानिसहरूको आरोप छ, तृणमूल नेता चन्दन दे र पञ्चायत सदस्य स्वपन विश्वासले सरकारी योजनाहरूको लाभ दिलाउने नाममा मानिसहरूबाट अवैध असुली गरिरहेका थिए। यस अतिरिक्त सरकारी सम्पत्तिमा अनियमितता तथा प्रभावको गलत प्रयोग गरेको आरोप पनि लगाइएको छ।

प्रदर्शनकारीहरूले आरोपीहरूसित कथित रूपमा लिइएको पैसा फिर्ता गर्ने अनि सार्वजनिक रूपमा माफी माग्ने माग गरे। मानिसहरूको भनाइछ, पछिल्लो लामो समयदेखिकै क्षेत्रका विभिन्न समस्याअनि सिकायतहरूमाथि कुनै कारबाही गरिएको छैन जसकारण जनतामा असन्तुष्टि व्याप्त भएको छ।

घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। आरोपी नेताहरूको पक्षबाट यो समाचार लेखु़ञ्जेलसम्म कुनै प्रतिक्रिया आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande