मोदी सरकारले 12 वर्ष पूरा गरेकोमा मणिपुरका मुख्यमन्त्रीले प्रबुद्ध नागरिकहरूसित गरे सम्वाद
मोदी सरकारले 12 वर्ष पूरा गरेकोमा मणिपुरका मुख्यमन्त्रीले प्रबुद्ध नागरिकहरूसित गरे सम्वाद


इम्फाल, 15 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वाधिन राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) सरकारले 12 वर्ष पूरा गरेको अवसरमा मणिपुरका मुख्यमन्त्री युमना खेमचन्द चिंहले राज्यका केही प्रबुद्ध नागरिकहरूको आवासमा गएर उनीहरूसित भेट गरे।

यस जनसम्पर्क कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीले वाई राजेन, एल बिनो देवी तथा एल बेदापति देवीसित भेट गरे। यस अवधि भाजपा सिङ्गजामेई मण्डलका अध्यक्ष एल शान्तिकुमार शर्मा पनि उनको साथमा उपस्थित थिए।

मुख्यमन्त्रीले यस भेटमा मोदी सरकारको पछिल्लो 12 वर्षका प्रमुख उपलब्धिहरू साझा गरे। उनले सुशासन, समावेशी विकास तथा जनकल्याणकारी योजनाहरूको प्रभावकारी क्रियान्वयनलाई सरकारको महत्वपूर्ण उपलब्धिहरू बताए।

खेमचन्द सिंहले भने, मणिपुर विकास अनि समृद्धिको यस यात्रालाई अगाड़ि बढ़ाउनको लागि प्रतिबद्ध छ तथा राज्यमा जनहित एवं विकासोन्मुख कार्यक्रमहरूलाई निरन्तर जारी राखिनेछ।

यो कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एनडीए सरकारले 12 वर्ष पूरा गरेको उपलक्ष्यमा देशभरि नै सञ्चालित जनसम्पर्क अभियानको एक भाग हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande