
गुवाहाटी, 15 जून (हि.स.)। असमका स्वास्थ्य, परिवार कल्याण तथा चिकित्सा शिक्षा एवं अनुसन्धान मन्त्री अशोक सिङ्घलले सोमवार असम सचिवालयमा विभाग अधिनस्थ विभिन्न संस्थान तथा परियोजनाहरूको प्रगतिको समीक्षा गर्नको लागि उच्चस्तरीय बैठक गरे।
बैठकमा श्रीमन्त शङ्करदेव स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षणिक एवं शोध गतिविधिहरू, राज्यका मेडिकल कलेजहरूमा भइरहेका आधारभूत ढाँचा विकासका कार्यहरू, शिक्षक-कर्मचारी नियुक्ति तथा चिकित्सा शिक्षाको गुणस्तरमा सुधारसित सम्बनन्धित विषयहरूमाथि चर्चा गरियो। यसको साथै अटल अमृत अभियान, अस्पताल निर्माण परियोजना, क्यान्सर उपचार सेवाहरूको विस्तार, स्वास्थ्य क्षेत्रमा नवाचार तथा आयुष संस्थानहरूको कार्यप्रणालीको पनि समीक्षा गरियो।
मन्त्री सिङ्घलले अधिकारीहरूलाई सबै परियोजनाहरूलाई निर्धारित समय-सीमामा पूरा गर्ने, स्वास्थ्य सेवाहरूलाई उत्कृष्ट बनाउने, विभागहरूबीच समन्वयलाई प्रेरित गर्ने तथा चिकित्सा शिक्षाको गुणस्तरमा सुधार सुनिश्चित गर्ने निर्देश दिए। बैठकमा विभागका वरिष्ठ अधिकारी एवं विभिन्न संस्थानहरूका प्रमुखहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा