
शिलङ्ग, 15 जून, (हि.स.)। मेघालयलाई सड़क पूर्वाधारकोको क्षेत्रमा ठूलो उपहार प्राप्त हुन गइरहेको छ। राज्यमा 3,214 करोड़ रुपियाँको लागतमा 6 वटा राष्ट्रिय राजमार्ग परियोजनाको आज शुभारम्भ गरियो। मुख्यमन्त्री कोनराड के. सङ्गमाले आज यस आशयको जानकारी दिए।
यी परियोजनाहरूको औपचारिक शुभारम्भ न्यू शिलङ्गमा आयोजित नर्थ-इस्ट इन्फ्रास्ट्रक्चर समिटमा केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले गर्नेछन्। परियोजनाहरूमा चार वटा नयाँ राष्ट्रिय राजमार्ग विकास कार्य तथा दुई वटा वर्तमान राजमार्ग खण्डको विकास सामेल छन्।
नयाँ परियोजनाहरूमा एनएच-206 मा पिनुरसला बाइपास, एनएच-127बीमा धुबरी-फुलबाड़ी ब्रिज-सेलसेला सड़क, एनएच-206 मा सेलसेला-गोइराग्रे सड़क तथा एनएच-217 मा तुरा बाइपास सामेल छन्। यस अतिरिक्त शिलङ्ग-डावकी सड़क र जोवाई बाइपासको विकास पनि गरिनेछ।
मुख्यमन्त्रीले भने, यी परियोजनाहरूबाट राज्यमा सम्पर्क व्यवस्था मजबुत हुनेछ तथा आर्थिक विकासले गति पाउनएछ। अधिकारीहरू अनुसार सड़क परियोजना अन्तर जिल्ला तथा अन्तर राज्यीय सम्पर्कलाई श्रेष्ठ बनाउन, व्यापार एवं पर्यटनलाई प्रेरित गर्न तथा परिवहन ढाँचालाई सुदृढ़ बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा