
डिब्रुगढ़ (असम), 15 जून (हि.स.)। डिब्रुगढ़ पुलिसले शहरको रेलवे स्टेशनको छेउमा हरिजन कलोनी क्षेत्रमा व्यापक रूपमा सञ्चालित मादक पदार्थ विरोधी अभियानमा नौ जना मानिसहरूलाई पक्राउ गरेको छ। यस अवधि संदिग्ध हेरोइन, नगद र सुनको गहना पनि जफत गरिएको छ।
मीडियासित बातचित गर्दै पुलिस अधिकारी नयन मणि बरुवाले आज बताए, यो कारबाही जिल्लामा नशा तस्करविरूद्ध सञ्चालित अभियानको एक भाग हो। उनले भने, पछिल्लो एक सप्ताहदेखिको जिल्लाका विभिन्न क्षेत्रहरूमा लगातार छापामारी गरिँदैथ्यो जसावधि प्राप्त सूचनाको आधारमा रेलवे कलोनी क्षेत्र जसलाई स्थानीय रूपमा कोयला पट्टी भनिन्छ,- लाई मादक पदार्थहरूको श्रोतको रूपमा चिन्हित गरियो।
गुप्त जानकारीको आधारमा पुलिसले क्षेत्रमा अचानक छापा मारेर केही घरहरूको खानतलासी गऱ्यो। यस अवधि सुजाता बिस्वास नामक महिलाको घरबाट लगभग 79 ग्राम संदिग्ध हेरोइन, 4.92 लाख रुपियाँ नगद तथा केही सुनका गहनाहरू जफत गरियो।
पुलिस अधिकारीहरूले बताए, मादक पदार्थहरूको आपूर्ति श्रृङ्खला तथा योसित जोड़िएको नेटवर्कको पत्तो लगाउनको लागि जाँच जारी छ। साथै यो पनि सत्यापित गरिँदैछ, पक्रा पर्ने आरोपीहरूमा भारतीय रेलवेका कर्मचारीहरू सामेल छैनन्।
बरुवाले भने, यदि कुनै आरोपी रेलवे कर्मचारी भएको पुष्टि भए रेलवे अधिकारीहरूलाई सूचित गरी सम्बन्धित कर्मचारीविरूद्घ कड़ा विभागीय कारबाही गर्नको निम्ति सिफारिस गरिनेछ। यो अभियान माथिल्लो असममा नशा तस्करीको नेटवर्कलाई ध्वस्त बनाउनको लागि असम पुलिसको व्यापक अभियानको एक भाग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा