मालदा जिल्ला परिषदमा तृणमूलभित्र विद्रोह, सभाधिपतिविरूद्ध अविश्वास प्रस्ताव
मालदा जिल्ला परिषदमा तृणमूलभित्र विद्रोह, सभाधिपतिविरूद्ध अविश्वास प्रस्ताव


मालदा, 15 जून (हि.स.)। जिल्लाको राजनीतिमा ठूलो घटनाक्रम भएको छ जहाँ तृणमूल कङ्ग्रेसभित्रै गम्भीर अस्थिरता देख्न पाइएको छ। सोमवार पार्टीका 17 जना जिल्ला परिषद सदस्यहरूले मालदा जिल्ला परिषदकी सभाधिपति लिपिका बर्मन घोष र सहकारी सभाधिपति एटीएम रफिकुल हुसैनविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरे।

यस घटनाक्रमले मालदाको राजनीतिक गल्लीहरूमा व्यापक खैलाबैला मचाएको छ। अविश्वास प्रस्ताव ल्याउने सदस्यहरूको आरोप छ, सभाधिपति सबलाई साथमा लिएर हिँड़्न असफल भएका छन्। उनीहरूको भनाइ छ, पार्टीभित्र समन्वयको अभाव तथा कार्यशैलीलाई लिएर मतभेद भएको कारणले यो कदम उठाउनु पऱ्यो। सोमवार असन्तुष्ट सदस्यहरूले मालदा डिभीजनल कमिश्नर कार्यालयमा पुगेर औपचारिक रूपमा प्रस्ताव जमा गराए।

स्मरण गराइन्छ, मालदा जिल्ला परिषदमा 43 वटा सीट छ। पछिल्लो पञ्चायत चुनाउमा तृणमूलले 34 वटा सीटमा जीत हासिल गरेको थियो जसको आधारमा लिपिका बर्मन घोषलाई सभाधिपति तथा एटीएम रफिकुल हुसैनलाई सहकारी सभाधिपति बनाइएको थियो भने कङ्ग्रेसले 5 वटा र भाजपाले 4 वटा सीट जितेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande