प्रवेश वरमाले एल.एम. बाँधमा बाढ़ी नियन्त्रण कक्षको उद्घाटन गरे, मनसुनका व्यवस्थाहरूको जायजा लिए
प्रवेश वरमाले एल.एम. बाँधमा बाढ़ी नियन्त्रण कक्षको उद्घाटन गरे, मनसुनका व्यवस्थाहरूको जायजा लिए


नयाँ दिल्ली, 15 जून (हि.स.)। दिल्ली सरकारमा लोक निर्माण विभाग (पीडब्ल्यूडी)-का मन्त्री प्रवेश वर्माले सोमवार शास्त्री नगरको एल.एम. बाँधमा बाढ़ी नियन्त्रण कक्षको उद्घाटन गरे। उनले आगमी मनसुनको लागि तयारी तथा व्यवस्थाहरूको पनि जायजा लिए।

प्रवेश वर्माले भने, दिल्ली सरकारको मनसुन आउनसाथ राजधानीका मानिसहरूको सुरक्षा तता सुविधा सुनिश्चित गर्नु सबैभन्दा ठूलो प्राथिकता हो। त्यसपछि तयारीहरूको व्यापक समीक्षा गरियो।

प्रवेश वर्माले बताए, मनसुन आउनअघि कन्ट्रोल रूमको निरीक्षण गरिएको छ। वर्, 2023-मा जस्तो स्थिति देखिएको थियो, त्यै स्थिति नदोहोरियोस्, यसको लागि पीडब्ल्यूडी विभाग र प्रशासनले एउटा-एउटा व्यवस्थाको निगरानी गरिरहेको छ।

प्रवेश वर्माले भने, सबै एजेन्सीहरूलाई लगातार सतर्क रहने तथा कुनै पनि स्थितिमा तुरून्त कारबाही गर्ने निर्देश दिइएको छ। उनले भने, एउटा तयार शहर नै कठिनाईहरूको सामना गर्न सक्षम हुनेछ। मनसुनमा दिल्लीलाई सुरक्षित राख्नको लागि सरकारले हरसम्भव प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande