
नयाँ दिल्ली, 15 जून (हि.स.)। दक्षिण-पश्चिमी दिल्लीको सागरपुर क्षेत्रस्थित एएस मल्टी किडनी अस्पतालमा गए आइतवार अबेर राती आगो लागेर भागदौड़ मचियो। तथापि अस्पताल कर्मचारीहरूको सतर्कता र तत्काल कारबाहीको कारणले आगोलाई समयमै नियन्त्रण गरियो। घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना छैन।
पुलिस अनुसार गए आइतवार राती लगभग 10:27 बजे सागरपुर थाना पुलिसलाई पीसीआर कलको माध्यमबाट डाबड़ी-पालम रोडस्थित एएस मल्टी किडनी अस्पतालमा आगो लागेको सूचना प्राप्त भयो। त्यसपछि थाना प्रभारीको नेतृत्वमा लगभग 15 जना पुलिसकर्मीहरू घटनास्थलमा पुगे।साथै सीपीआर, दमकल विभाग र सीएटीएस एम्बुलेन्सका टीमहरू पनि घटनास्थलमा पुगे।
घटनास्थलमा पुगेर पुलिसले देख्यो, अस्पताल कर्मीहरूले अग्निशमन यन्त्रहरूको सहयोगले आगोलाई नियन्त्रण गरिसकेका थिए। प्रारम्भिक जाँचमा बिजुलीको मीटर तथा प्यानलमा शर्ट सर्किट भएको कारणले आगो लागेको थियो। घटनाको सूचना पाउनसाथ दमकल विभागका तीन वटा वाहनहरू घटनास्थलमा पुगे। अस्पतालको पछिल्लो भागमा तैनाथ सुरक्षा कर्मीहरूले अगाड़ि आएर अस्पतालका कर्मचारीहरूलाई आगो निभाउनमा सहयोग गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा