दक्षिण बङ्गाल वर्षाको प्रतीक्षामा
दक्षिण बङ्गाल वर्षाको प्रतीक्षामा


कोलकाता, 15 जून (हि.स.)। दक्षिण बङ्गालमा मनसुनले आधिकारिक रूपमा प्रवेश गरे पनि वर्षाको निम्ति प्रतीक्षारत् छ। मौसम विभागानुसार शुक्रवार पश्चिम बङ्गालको पुरूलिया जिल्लाको पश्चिमी भागलाई छोड़ेर दक्षिण बङ्गालमा मनसुन आइपुगेको थियो तथापि कतै पनि उल्लेखनीय वर्षा दर्ता गरिएको छैन। आगामी केही दिनसम्म दक्षिण बङ्गालमा घना वर्षा हुने सम्भावना छैन जसबाट गर्मी अनि आद्रतापूर्ण गर्मीबाट मानिसहरूले राहत पाउने सम्भावना कमै छ।

मौसम विभाग अनुसार गए आइतवार कोलकाताको अधिकतम तापमान 35 डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा 0.5 डिग्री अधिक हो। न्यूनतम तापमान 28.9 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.9 डिग्री अधिक हो। सोमवार पनितापमान यसै स्तरमा रहने सम्भावना छ। अधिकतम तापमान 35 डिग्री र न्यूनतम 28 डिग्री सेल्सियस लगभग रहनसक्छ। आकाशमा बादल लागिरहे पनि वर्षा हुने सम्भावना कमै छ। हावामा नमी 91 प्रतिशतभन्दा अधिक छ।

दक्षिण बङ्गालका बीरभूम जिल्ला, मुर्शिदाबाद जिल्ला, नदिया जिल्ला तथा पूर्व र पश्चिम बर्धमान जिल्लामा सोमवार मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यस अवधि 30-देखि 50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने सम्भावना छ।

अर्कोतिर उत्तर बङ्गालका जिल्लाहरूमा अतिघना वर्षाक सिलसिला जारी रहनेछ। मङ्गलवारसम्म अलिपुरद्वार जिल्ला तथा जलाईपुगीड़ी जिल्लामा मेघ गर्जनसितै अतिभारी वर्षा हुनसक्छ। यस अतिरिक्त दार्जीलिङ जिल्ला, कालेबुङ जिल्ला, कुचबिहार जिल्ला, अलिपुरद्वार रजलपाईगुड़ीमा बिहीवारसम्म केही स्थानहरूमा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande