
सिलगढ़ी, 15 जून (हि.स.)। राज्यका नयाँ पर्यटन मन्त्री शङ्कर घोषले सिलगढ़ीमा औपचारिक रूपमा पर्यटन विभागको कार्यभार सम्हाले। सोमवार शहरको मैनाक टुरिज्म प्रोपर्टीस्थित कार्यालयमा पुगेर उनले आफ्नो कार्यभार ग्रहण गरे जहाँ विभागीय अधिकारीहरूले उनलाई स्वागत गरे।
कार्यभार ग्रहण गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री शङ्कर घोषले भने, उनको मुख्य उद्देश्य उत्तर बङ्गालको पर्यटनलाई वैश्विक म़ञ्चमा नयाँ पहिचान दिलाउनु हो। साथै सम्पूर्ण राज्यको पर्यटन उद्योगलाई अधिक आकर्षण बनाउनु हो। उनले भने, हामी बङ्गालको पर्यटनलाई यसरी प्रस्तुत गर्न चाहन्छौं कि यो विश्वको मानचित्रमा विशेष बनोस्।
मन्त्रीले आगामी 17 जूनमा हुन गइरहेको एक महत्वपूर्ण बैठकको उल्लेख गर्दै बताए, पर्यटन क्षेत्रको विकासको लागि केही नयाँ प्रस्ताव तयार गरिएको छ जसलाई पछि राज्य मन्त्रीमण्डल समक्ष राखिनेछ।
उनले पहाड़ी क्षेत्रको दीर्घकालीक समस्याको समाधान गर्नको लागि प्रशासनिक पहल गर्ने आश्वासन दिए। विशेष गरी घूमदेखि दार्जीलिङसम्मको सड़कमा लाग्ने जामलाई ठूलो समस्या बताउँदै भने, यसमाथि जिल्ला प्रशासनसित चर्चा शुरू भइसकेको छ, चाँड़ै नै समाधान गर्ने प्रयास गरिँदैछ।
पर्यटन मन्त्रीले उत्तर बङ्गालको चिया उद्योगको संरक्षण तथा विकासमाथि पनि बल दिँदै स्पष्ट पारे, पर्यटनको विस्तारको नाममा चिया बगानहरूलाई नोक्सान हुन दिइनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा