
लखिमपुर (असम), 15 जून (हि.स.)। नावबैचाको बलोमा गाउँमा जागरूक ग्रामीणहरूले समाजप्रति आफ्नो जिम्मेवारीको परिचय दिँदै अकबर नामक एकजना कथित गाँजा तस्करलाई समातेर पुलिसलाई सुम्पिदिए।
स्थानीय मानिसहरू अनुसार अकबरले पछिल्लो लामो समयदेखिकै क्षेत्रका युवाहरूलाई गाँजा तथा अन्य नशालु पदार्थहरू उपलब्ध गराउँदै आइरहेको थियो।
युवाहरूको भविष्यलाई सुरक्षित राख्ने उद्देश्यले ग्रामीणहरूले एकजुट भएर आरोपीलाई समाते अनि तत्काल पुलिसलाई सुम्पिदिए। पुलिसले आरोपीलाई हिरासतमा लिएर अग्रिम जाँच शुरू गरेको छ।
ग्रामीणहरूको यस सतर्कता तथा साहसिक पहलको क्षेत्रमा सराहना भइरहेको छ। यो घटनालाई नशाविरूद्ध समाजको सामूहिक लड़ाईँ तथा जनसहभागिताको प्रेरणादायक उदाहरण मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा