गुड़िरहेको ट्रेनभित्रै महिलाले शिशुलाई जन्म दिइन्
गुड़िरहेको ट्रेनभित्रै महिलाले शिशुलाई जन्म दिइन्


कछार (असम), 15 जून (हि.स.)। अगरतलादेखि असमको कछार जिल्ला मुख्यालय शहर सिलचर तर्फ गइरहेको ट्रेनमा सोमवार एकजना महिलाले शिशुलाई जन्म दिइन्। यस अवधि ट्रेनमा उपस्थित एकजना महिला यात्रीले देवदूत भएर प्रसुतालाई सहयोग गरिन् अनि सुरक्षित प्रसव गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरिन्।

जानकारी अनुसार यात्रा गरिरहेकी महिलालाई प्रसव पीड़ा भयो। आपत स्थितिमा एकजना सहयात्री महिलाले अगाड़ि आएर मद्दत गरिन् फलस्वरूप आमा र नवजात बालिका दुवै सुरक्षित छन्।

घटनाकी सूचना पाएर घटनास्थलमा पुगेका रेलवे सुरक्षा बल (आरपीएफ) र रेलवे अधिकारीहरूले तत्परता देखाउँदै सहायता गरे। पछि आमा-छोरीलाई नै सुरक्षित रूपमा चिकित्सा उपलब्ध गराइयो।

आमा र नवजात बालिका दुवै स्वस्थ रहेको बताइएको छ भने अर्कोतिर सहायतार्थ अगाड़ि आएकी महिला यात्रीको संवेदनशीलता र साहसको यात्री अनि रेलवे अधिकारीहरूले सराहना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande