पिस्तोलसितै युवक पक्राउ, लामो समयदेखिकै आतङ्क फैलाइरहेको थियो
पिस्तोलसितै युवक पक्राउ, लामो समयदेखिकै आतङ्क फैलाइरहेको थियो


बरपेटा (असम), 15 जून (हि.स.)। बरपेटा जिल्ला अन्तर्गत कलगाछिया क्षेत्रको गुणियालगुरीमा एकजना युवकलाई पिस्तोलसितै पक्राउ गरियो। पक्रा पर्ने युवकको पहिचान बापुजी नगर निवासी नजरूल हकको रूपमा भएको छ।

स्थानीय मानिसहरू अनुसार नजरूल हकले हातमा पिस्तोल बोकेर पछिल्लो लामो समयदेखिको क्षेत्रवासीलाई धम्क्याएर आतङ्कपूर्ण माहोल बनाइरहेको थियो।उसको गतिविधिले गर्दा स्थानीय मानिसहरू त्रसित भएका थिए।

गए आइतवार सतर्क ग्रामीणहरूले उसलाई पिस्तोलसितै समातेर कलगाछिया पुलिसलाई सुम्पिदिए। स्थानीय मानिसहरूको आरोप छ, नजरूल हकसित अन्य दुई जना युवकहरू पनि गुणियालगुरीमा आतङ्क तता भयपूर्ण माहोल बनाउनमा सामेल थिए।

पुलिसले आरपीलाई पक्राउ गरी मामिलाको जाँच शुरू गरेको छ। अन्य आरोपीहरूको भूमिकाको पनि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande