भाजपा अध्यक्ष सञ्जीव लामाको बयानको युवा मोर्चाद्वारा विरोध
भाजपा अध्यक्ष सञ्जीव लामाको बयानलाई युवा मोर्चाद्वारा विरोध


- पार्टी अध्यक्षमाथि दिएको बयानको सुधार र माफिनामा दिनुपर्छ: सत्यवान छेत्री

खरसाङ, 15 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय संस्थापक अध्यक्ष बिमल गुरुङमाथि दिएको बयानको युवा मोर्चा खरसाङ महकुमा समितिले घोर विरोध जनाएको छ।

युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीले गिद्ध पहाडस्थित चौकी डाँडामा आज पत्रकार सम्मेलनमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले गोजमुमो अध्यक्ष बिमल गुरुङ विरुद्ध दिएको बयानको घोर विरोध जनाए। उनले लामाको वक्तव्य पार्टीको नभएर उनको व्यक्तिगत हुनसक्छ भन्दै भाजपासित गोजमुमोको गठबन्धन 2009 देखि रहेको बताए।

उनले सञ्जीव लामाको यो व्यक्तिगत रुपमा संकुचित विचार रहेको आरोप पनि लगाए। उनले अहिलेसम्म भाजपाको कुनै पनि जिल्ला अध्यक्षले यस्तो बयान दिएका थिएनन्, तर सञ्जीव लामा जताभावी बोल्दै यस्तो बयान दिएकोमा विरोध जनाए। आफ्नो बयानको लामाले सुधार गर्नुका साथै माफी पनि माग्नुपर्छ भन्दै पार्टीले यस विषयमा लिखित रुपमा शिकायत गर्ने बताए।

छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, 'सञ्जीव लामा एकजना ओहोदामा रहेका व्यक्ति भएकाले उनले आफ्नो बयानलाई आधिकारिक रूपमा सुधार गर्नुपर्छ। सुधार र माफीनामा मात्र होइन, तर भाजपाले पनि एक्शन लिएको हुनुपर्छ।' उनले यस बयानलाई लिएर विधायकलाई लिखित रुपमा जनाउने बताए। उनले सानो बयानले मित्रता र गठबन्धन नतोडियोस् भनी चेताउनी पनि दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande