सरकारी कर्मचारी संघको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसॅंग भेट
सरकारी कर्मचारी संघको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसॅंग भेट


गान्तोक, 15 जून (हि.स.)। अखिल सिक्किम सरकारी कर्मचारी संघ (ग्रुप सी र डी) का कार्यकारी सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको आधिकारिक निवासमा भेटे। प्रतिनिधिमण्डलको अगुवाई संघका अध्यक्ष सोमनाथ अधिकारीले गरेका थिए।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा अन्तरक्रियाको क्रममा सरकारी कर्मचारीहरूको कल्याण, आकांक्षा र हितसम्बन्धित विषयहरूमाथि चर्चा गरेको बताएका छन्। उनले राज्य प्रशासनको कार्यप्रणालीमा उनीहरूको योगदानको प्रशंसा गर्दै कर्मचारीहरूका वास्तविक चिन्ताहरूलाई सम्बोधित गर्न सरकारको निरन्तर समर्थन र प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande