
गान्तोक, 15 जून (हि.स.)। भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल आशिष नेगीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग उनको आधिकारिक निवासमा शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्रीले जीओसी मेजर जनरल आशिष नेगीसॅंग भेट भएको र यस भेट अवधि नेगीले राष्ट्रिय महत्वका धेरै महत्वपूर्ण विषयमा जानकारी गराएको बताएका छन्। उनले राष्ट्रको सुरक्षा र विकासमा योगदान पुऱ्याउने सबै पहल र प्रयासहरूमा राज्य सरकारको पूर्ण सहयोग र सहकार्यको आश्वासन दिएको बताएका छन्।
मुख्यमन्त्रीले अधिकारीलाई सफल र फलदायी कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल