युनाइटेड रंगबुल फुटबल क्लबद्वारा तीनजना कलाकारहरु सम्मानित
युनाइटेड रंगबुल फुटबल क्लबद्वारा तीनजना कलाकारहरुलाई सम्मान


सोनादा, 15 जून (हि.स.)। युनाइटेड रंगबुल फुटबल क्लबका सदस्यहरूले स्थानीय तीनजना कलाकारहरू अभिवादन राई, वाङ्देन डुक्पा र सुप्राम प्रधानलाई सम्मान जनायो। रंगबुलको डीबी रोडमा फिफा विश्वकप 2026 को थिममा आधारित उत्कृष्ट भित्तेचित्र निर्माण गरी कलाको माध्यमबाट पुऱ्याएको योगदानको कदर गर्दै क्लबले उनीहरूलाई सम्मान जनाएको हो।

सम्मान स्वरूप कलाकारहरूलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरियो। फुटबल क्लबले कलाकारहरूको सिर्जनशीलता, समर्पण र कडा परिश्रमको उच्च प्रशंसा गर्दै यो सम्मान अर्पण गरेको हो। उनीहरूले सडक किनारका भित्ताहरूलाई जीवन्त रूप दिँदै फिफा विश्वकप 2026 को खेल भावनालाई कलामार्फत प्रस्तुत गरेका छन्।

यो विश्वव्यापी खेलकूद महोत्सवको समयमा उनीहरूको कलाकृतिले स्थानीय बासिन्दा र आगन्तुकहरूको ध्यान आकर्षित गर्नुका साथै व्यापक प्रशंसा बटुलिरहेका छन्, जसले समुदायमा रौनकता, सौन्दर्य र फुटबलप्रतिको उत्साह थपिएको छ। क्लबका सदस्यहरूले यी प्रभावशाली भित्तेचित्रहरू मार्फत रङबुलको बाह्य सौन्दर्य बढाउन र खेलकुद संस्कृतिको प्रवर्द्धनमा खेलेको भूमिकाका लागि कलाकारहरूप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande