
नयाँ दिल्ली, 16 जून (हि.स.)। पुलिस भर्ती परीक्षाको दोस्रो चरणमा सहभागी हुने उम्मेदवारहरूको सुविधाको लागि पूर्व मध्य रेलवेले 16 एवं 17 जूनमा 30 भन्दा बढ़ी विशेष रेलहरू सञ्चालन गर्ने व्यवस्था गरेको छ। रेलवे अनुसार, परीक्षा केन्द्रहरूमा उम्मेदवारहरूको सहज यात्रा सुनिश्चित गर्न विभिन्न महत्त्वपूर्ण खण्डहरूमा विशेष रेलहरू सञ्चालन गरिएको छ।
रेलवेले यसअघि 14 जूनमा आयोजित पुलिस भर्ती परीक्षाको समय उम्मेदवारहरूको सुविधाको लागि कूल 19 विशेष रेलहरू सञ्चालन गरिएको बताएको छ, जसमा दानापुर डिभिजनद्वारा 12 र समस्तीपुर डिभिजनद्वारा 7 विसेष ट्रेनहरूको संचालन गरिएको थियो।
दोस्रो चरणका लागि चल्ने विशेष रेलहरूमा पाटलीपुत्र–किशनगञ्ज, पटना–नरकतियागञ्ज, पाटलीपुत्र–अररिया, पाटलीपुत्र–नौगाछिया, पटना–भाबुआ, पटना–गया, बक्सर–पटना, बक्सर–दानापुर, किउल–गया, गया–किउल, बख्तियारपुर–राजगीर, राजगीर–बख्तियारपुर, बेतिया–हाजीपुर, समस्तीपुर–सीवान, सहरसा–हाजीपुर तथा अन्य प्रमुख मार्ग सामेल छन्।
पूर्व मध्य रेलवेले परीक्षार्थीहरूलाई परीक्षा केन्द्रहरूमा पुग्नको लागि यी परीक्षा विशेष ट्रेनहरूको अधिकतम लाभ लिन अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी