
नयाँ दिल्ली, 16 जून (हि.स.)। आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले मंगलवार कृषि भवनमा केन्द्रिय कृषिमन्त्री शिवराज सिंह चौहानलाई भेटे। दुवैबीच विभिन्न विषयमा सार्थक छलफल भयो।
बैठकपछि मीडियासँग कुरा गर्दै आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले भने, उनले शिवराज सिंह चौहानलाई अनन्तपुरमा वीबी जी रामजी योजना शुरु गर्न अनुरोध गरे। उनले भने, आन्ध्र प्रदेश यस योजनाको लागि राजपत्र अधिसूचना जारी गर्ने पहिलो ठूलो राज्य हो।
पवन कल्याणले भने, शिवराज सिंह चौहान 01 जुलाईमा अनन्तपुर भ्रमण गर्न सहमत भएका छन्।
उनले केन्द्रिय मन्त्रीलाई आन्ध्र प्रदेशमा मजदुर पहिचान गर्न फेशियल रिकग्निशन सिस्टम शुरू गरिएको जानकारी पनि गराए।
हिन्दुस्थान समाचार / भवानी थामी