
रांची, 17 जून (हि.स.)। झारखण्डको राजधानी रांचीको चुटिया थानाको निवारनपुर स्थित राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को कार्यालयमा मङ्गलवार राति पेट्रोल बम प्रहार गर्ने प्रयास गरिएको छ। पुलिस अनुसार, दुई जना अपराधीले ससको बोतलमा पेट्रोल भरेर आरएसएसको कार्यालयभित्र फाल्ने प्रयास गरे दुवै बोतल सिमाना अगाड़ी खसेकाले ठूलो दुर्घटना हुनबाट जोगियो।
घटनाबारे अनुसन्धान शुरू गरिएको नगर एसपी पारस राणाले बताए। हालसम्म प्राप्त जानकारी अनुसार, यस घटनामा दुई युवकको संलग्नता रहेको छ। अनुसन्धानका लागि एफएसएल सहित धेरै टोलीहरूलाई खटाइएको छ। कैद भएको सीसीटीभी फुटेजमा दुई जना आक्रमणकारीले आरएसएसको कार्यालयमा पेट्रोल भरिएको बोतल फाल्ने प्रयास गरिरहेको देखिन्छ। पहिलो बोतल फ्याँक्दा आगो लागेको सुतली भुइँमा खस्यो। जसका कारण प्रयास असफल भयो। दोस्रो बोतल पनि कार्यालयसम्म पुगेन। उनले पेट्रोल बम बनाउन चिली ससको बोतल प्रयोग गरिएको बताए।
स्थानीयहरूले आरएसएस कार्यालय नजिकै स्थित होटलका केही कर्मचारीहरू यो सम्पूर्ण मामिलामा शंकास्पद रहेको बताउँछन्। केही दिनअघि आरएसएस कार्यालयका केही व्यक्तिले होटल विरूद्ध फोहोर र अन्य कारणले उजुरी दिएका थिए। त्यसयता यो विवाद चलिरहेको थियो। पुलिसले यो आक्रमणमा होटलका कर्मचारीको हात हुनसक्ने आशंका पनि गरेको छ।
यस घटनाको जानकारी प्राप्त हुनासाथ केन्द्रिय रक्षा राज्यमन्त्री सञ्जय सेठ र भाजपा नेता बाबूलाल मरांडी आरएसएस कार्यालय पुगे। भाजपा नेताहरूले राजधानीको शान्ति व्यवस्थामा प्रश्न उठाएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई यथाशीघ्र पक्राउ गर्न माग गरिएको छ। सेठले यो घटना निकै गम्भीर रहेको बताए। यदि आक्रमण सफल भएको भए कार्यालयका अधिकारीहरू यसको चपेटमा पर्नसक्थे। यस विषयमा डीजीपीसँग कुराकानी भएको छ। यसको गहिरो छानबिन होस् ताकि चाँड़ोभन्दा चाँड़ो घटनाको खुलासा होस्।
उनले यो सामान्य घटना नभएको बताए। यो हाम्रो आमामाथिको आक्रमण हो। पुलिस प्रशासनले यो आक्रमण कुन नियतले गराएको हो भनी पत्ता लगाउनुपर्छ। सीसीटीभी फुटेजमा ट्याक्सी र मोटरसाइकल सपोर्टमा रहेको उनले बताए। युवक एक पटक होइन दुई पटक आएको उनले बताए। एक पटक आएर अनुहार लुकाए, बम हाने। त्यसपछि गए। त्यसपछि फर्किएर अर्को बम प्रहार गरे। उनीहरूको योजना लामो थियो। उनले छिट्टै पक्राउ गर्नुपर्ने बताए। बीजेपी विधायक सीपी सिंहले भने, यो आक्रमण एउटा कार्यालयमा मात्र नभएर सबै सनातनीहरूमाथि भएको हो। यसको राज्यसभा चुनाउसँग कुनै सम्बन्ध छैन।
हिन्दुस्थान समाचार / भवानी थामी