गुजरातको वडोदरामा बस दुर्घटना, ६ जनाको मृत्यु, ३१ जना घाइते
गुजरातको वडोदरामा बस दुर्घटना, ६ जनाको मृत्यु, ३१ जना घाइते


वडोदरा, 17 जून (हि.स.)। गुजरातको वडोदरा शहरस्थित कोटम्बी स्टेडियम नजिक आज बिहान करिब ४ बजी भएको भीषण सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। मृतकमध्ये ९ वर्षीय एक बालक पनि रहेका छन्। घाइतेहरूलाई उपचारका लागि एसएसजी अस्पतालमा भर्ना गरिएको छ।

पुलिसका अनुसार, राजस्थानको बांसवाडाबाट गुजरातको सुरत‌तर्फ जाँदै गरेको बालाजी ट्राभल्सको लक्जरी बस सडक किनारमा रोकिएको ट्रकमा पछाडिबाट ठोक्किएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ एसडीआरएफ, एनडीआरएफ, वडोदरा फायर ब्रिगेड, पुलिस तथा अन्य उद्धार टोली घटनास्थलमा पुगेका थिए।

घाइते यात्रु बन्सीलालका अनुसार, उनी कामको सिलसिलामा राजस्थानबाट सूरत जाँदै थिए। दुर्घटनाको समयमा उनी निदाएका थिए। अचानक ठूलो ठक्करको आवाजसँगै झट्का महसुस भएको र करेन्ट लागेजस्तो अनुभव भएको उनले बताए। उनीसँगै अन्य दुई युवक पनि बसमा सवार थिए।

एनडीआरएफको छैटौं बटालियनका कमाण्डेन्ट सुरेन्द्र सिंहले बिहान ४:४० बजी नियन्त्रण कक्षबाट दुर्घटनाको सूचना प्राप्त भएपछि तत्काल उद्धार कार्य शुरु गरिएको जानकारी दिए। उनका अनुसार, हालसम्म २४ यात्रुलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने ५ जनाको शव बसबाट निकालेर अस्पताल पठाइएको छ। बसभित्र अझै कोही यात्रु फसेका छन् वा छैनन् भन्ने सुनिश्चित गर्न थप जाँच भइरहेको छ।

मृतकहरूको नाम भने हालसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande