राज्यसभाका 10 नवनिर्वाचित एवं पुनर्निर्वाचित सदस्यहरूले लिए शपथ
सीपी


नयाँ दिल्ली, 25 जून (हि.स.)। राज्यसभाका सभापति सीपी राधाकृष्णनले बिहिवार राज्यसभामा नवनिर्वाचित र पुन:निर्वाचित दश सदस्यहरूलाई पद र गोपनीयताको शपथ दिलाए।

शपथ लिने सदस्यहरूमा प्रवीण चक्रवर्ती, देबाशिष सामन्तराय, सना सतीश बाबू, विजय चिन्तकायला, भाष्यम राम कृष्ण, लिंगमनेनी रमेश, राजेश परमानन्द शुक्ला, वैद्यनाथ राम, परिमल नाथवानी र ताई टागक रहेका छन्।

पाँच सदस्यले हिन्दीमा, एक जना अंग्रेजीमा, एक जना तमिलमा र तीन जनाले तेलुगुमा शपथ लिए।

शपथ लिने सदस्यहरूमध्ये चार जना आन्ध्र प्रदेशका, दुई जना झारखण्डका र एक जना तमिलनाडु, गुजरात, अरुणाचल प्रदेश र ओडिशाका थिए।

कानून एवं न्याय राज्यमन्त्री अर्जुन राम मेघवाल, राज्यसभा सचिवालयका महासचिव पीसी मोदी, सदनका अन्य सदस्यहरू, विशिष्ट व्यक्तिहरू र राज्यसभा सचिवालयका वरिष्ठ अधिकारीहरू यस अवसरमा उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande