संविधान हत्या दिवसले लोकतन्त्र र संविधानको रक्षाको प्रेरणा दिन्छ- प्रधानमन्त्री
मोदी


नयाँ दिल्ली, 25 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार संविधान हत्या दिवसको अवसरमा आपतकालको अवधिलाई भारतीय लोकतन्त्रको कालो अध्याय बताउँदै यो दिनले हामीलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षा गर्न प्रतिबद्ध रहन प्रेरित गर्ने बताएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेका छन्, संविधान हत्या दिवसले हामीलाई त्यो कालो कालखण्डको सम्झना गराउँछ जब भारतीय लोकतन्त्रलाई क्रूरतापूर्वक कुच्लिएको थियो। यसले हामीलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षा गर्न प्रतिबद्ध रहन प्रेरित गर्छ। आपतकालको विरोध गर्ने सबै महान व्यक्तित्वहरूलाई सादर नमन।

साथै प्रधानमन्त्रीले संस्कृत सुभाषितम साझा गर्दै लेखेका छन्, “स्वातन्त्र्यात् सुखमाप्नोति स्वातन्त्र्याल्लभते परम्। स्वातन्त्र्यान्निर्वृत्तिं गच्छेत् स्वातन्त्र्यात् परमं पदम्।”

यो सुभाषितको अर्थ हो कि सुख स्वतन्त्रता मार्फत मात्र प्राप्त हुन्छ; स्वतन्त्रता मार्फत मात्र मानिसले सर्वोच्च लक्ष्य प्राप्त गर्नसक्छ। स्वतन्त्रताले सन्तुष्टि, आत्मिक शान्ति र जीवनको सर्वोच्च पदको बाटो खोल्छ।

संविधान हत्या दिवस हरेक वर्ष 25 जूनमा मनाइन्छ। सरकारले 1975 मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा देशमा लगाइएको आपतकालको विरोधमा यो दिन मनाउन थालेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande