केन्द्रिय मन्त्री किरेन रिजिजूले दलाई लामासंग गरे भेट
किरेन


नयाँ दिल्ली, 26 जून (हि.स.)। संसदीय र अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजुले शुक्रवार दिल्लीमा तिब्बती आध्यात्मिक गुरू दलाई लामालाई भेटे।

किरण रिजिजुले एक्समा भनेका छन्, मैले दिल्लीमा परम पावन दलाई लामालाई उनको स्वास्थ्यलाभको बारेमा सोधपुछ गर्न भेटेको थिएँ। उनलाई राम्रो मूड र हालैको घुँड़ाको शल्यक्रियाबाट छिटो निको भएको देखेर म खुशी भए। मैले उनको आशीर्वाद लिए। सधैं जस्तै, म उनको करुणा, बुद्धिमत्ता र नम्रताबाट प्रेरित भएर फर्किएँ।

यो उल्लेखनीय छ कि दलाई लामाले 08 जूनमा दिल्लीको अपोलो अस्पतालमा आफ्नो देब्रे घुँड़ाको शल्यक्रिया गराएका थिए, जुन सफल रह्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande