
नयाँ दिल्ली, १५ जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ज्ञान, सीप, स्वास्थ्य र सन्तोषको महत्वबारे प्रकाश पार्दै यी गुणहरूले व्यक्ति र राष्ट्र दुवैको उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले आजका युवाहरूले यिनै गुणलाई आत्मसात गर्दै भारतको पहिचानलाई अझ सशक्त बनाइरहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा महाभारतको यक्ष-युधिष्ठिर संवादबाट लिइएको सुभाषित साझा गरेका छन्-
“धन्यानामुत्तमं दाक्ष्यं धनानामुत्तमं श्रुतम्।
लाभानां श्रेय आरोग्यं सुखानां तुष्टिरुत्तमा।।“
यस सुभाषितको अर्थ स्पष्ट गर्दै प्रधानमन्त्रीले सबै उत्कृष्ट गुणहरूमध्ये सीप सबैभन्दा श्रेष्ठ, सबै सम्पत्तिमध्ये विद्या सबैभन्दा ठूलो धन, सबै लाभहरूमध्ये उत्तम स्वास्थ्य सबैभन्दा ठूलो लाभ र सबै सुखहरूमध्ये सन्तोष सबैभन्दा उत्कृष्ट बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी