छोग्याल सर टाशी नामग्याल मेमोरियल कपको फाइनल सम्पन्न, थन्डरबोल्ट नर्थ युनाइटेड विजयी
थण्डरबोल्ट नर्थ युनाइटेड


गान्तोक, 15 अगस्त (हि.स.)। स्वतन्त्रता दिवस समारोहको अवसरमा आयोजित छोग्याल सर टाशी नामग्याल मेमोरियल कप २०२६ अन्तर्गत स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको फाइनल खेल आज पाल्जोर स्टेडियममा सम्पन्न भयो। फाइनल खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडले सेन्ट जोसेफ कलेज, दार्जिलिङलाई पराजित गर्दै उपाधि जित्न सफल भयो।

फाइनल खेल सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा मन्त्रीहरू, मुख्य सचिव, पुलिस महानिर्देशक, विभागीय प्रमुखहरू, सचिवहरू, राज्य सरकारका अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

फाइनल खेलअघि राष्ट्रिय गीत तथा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। प्रतियोगिताको फाइनलमा प्रिमियर लिगका च्याम्पियन सेन्ट जोसेफ कलेज र सुपर च्याम्पियन थन्डरबोल्ट नर्थ युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो।

कार्यक्रममा मोडर्न सिनियर सेकेन्डरी स्कूलले ब्यान्ड प्रदर्शन पनि प्रस्तुत गरेको थियो। यस अवसरमा गृह विभाग, सिक्किम सरकारको मार्गदर्शनमा सिक्किम फुटबल एसोसिएसनले गान्तोकका वरिष्ठ राष्ट्रिय फुटबल खेलाडी सञ्जय सिंहलाई सम्मान गरेको थियो।

कार्यक्रमको अन्त्यमा अतिथिहरुको बाहुलीद्वारा विजेता तथा उपविजेता टोलीलाई ट्रफी वितरण गरियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande