
खरसाङ, 15 अगस्त (हि.स.)। खरसाङमा आयोजित 80औं स्वतन्त्रता दिवस समारोहको अवसरमा गत वर्षहरु झैं यसपाली पनि म्याराथन दौड सम्पन्न भयो। म्याराथन दुई वर्गमा सम्पन्न भएको थियो।
पुरुष खुल्ला म्याराथन (16 किलोमिटर) सोनादा नजिक शिव मन्दिरबाट शुरु गरिएको थियो भने महिलावर्ग (14 किलोमिटर) को म्याराथन चटकपुरबाट शुरु गरिएको थियो। दुवै वर्गको दौड़ खरसाङ मन्टिभियट खेल मैदानमा आइपुगेर समापन भएको थियो। पुरुष वर्गमा जम्मा 208 जनाले भाग लिएका थिए भने महिलाहरुमा जम्मा 36 जनाले भाग लिएका थिए।
पुरुष वर्गमा प्रथम नेपालबाट आएका धावक बिक्रम लिम्बू भए भने दोस्रो कालेबुङका विकास भुजेल तथा तेस्रो गोरुबथानका विवेक छेत्री बने। त्यसरी नै महिला वर्गमा प्रथम महाराष्ट्रकी तेजस्वीनी लामकोने, दोस्रो सिक्किमकी प्रिया तामाङ र तेस्रो सुष्मिता राई बनेका छन्। पुरुष र महिला दुवै वर्गका प्रथम बन्ने धावकहरूलाई ट्रफीसहित नगद बीस हजार, दोस्रोलाई ट्रफीसहित दश हजार रुपियाँ र तेस्रो हुनेलाई ट्रफीसहित पाँच हजार रुपियाँ प्रदान गरियो।
---------------
हिन्दुस्थान समाचार / हनोक