अटल बिहारी वाजपेयीको पुण्यतिथिमा ‘सदैव अटल’ पुगेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली
सदैव अटल पर गणमान्य जन


सदैव अटल में श्रद्धासुमन अर्पित करती राष्ट्रपति द्रोपदी मुर्मु


नयाँ दिल्ली, १६ अगस्त (हि.स.)। भारतका पूर्व प्रधानमन्त्री तथा भारत रत्न अटल बिहारी वाजपेयीको पुण्यतिथिको अवसरमा आइतबार राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत केन्द्रिय मन्त्रीहरू तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का नेताहरूले उनको समाधिस्थल ‘सदैव अटल’ पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

श्रद्धाञ्जली अर्पण गर्नेहरूमा लोकसभा अध्यक्ष ओम बिर्ला, राज्यसभाका उपसभापति हरिवंश, पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति एम. वेंकैया नायडु, भाजपा अध्यक्ष नितिन नवीन, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह लगायतका केन्द्रिय मन्त्री तथा अन्य नेताहरू सहभागी थिए।

उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जाल एक्समार्फत अटल बिहारी वाजपेयीलाई स्मरण गर्दै उनी एक राजनेता, कवि र दूरदर्शी व्यक्तित्व भएको बताएका छन्। उनले वाजपेयीले भारतको एकता, गरिमा र रणनीतिक हितलाई सुदृढ़ बनाउन आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको उल्लेख गरे। राष्ट्र निर्माण, समावेशी नेतृत्व र राष्ट्रिय गौरवप्रतिको उनको प्रतिबद्धताले आगामी पुस्ताहरूलाई पनि प्रेरित गरिरहने उनले बताए। साथै, अटलजीको अमर विरासत राष्ट्रका लागि सदैव प्रेरणाको स्रोत रहने उनले बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले अटल बिहारी वाजपेयीलाई असाधारण दूरदृष्टि भएका विलक्षण राजनेता भन्दै राष्ट्रसेवामा समर्पित जीवन बिताएको स्मरण गरेका छन्। उनका अनुसार, वाजपेयीका विचार र प्रयासहरू पुस्तौँसम्म प्रेरणाको स्रोत बनेका छन् र उनको नेतृत्वले भारतलाई थप सशक्त बनाएको छ। सुशासन र जनकल्याणप्रतिको उनको जोड आज पनि मार्गदर्शक बनेको मोदीले बताएका छन्।

गृहमन्त्री अमित शाहले वाजपेयीलाई सच्चा राष्ट्रभक्त नेता भन्दै आफ्नो जीवनको प्रत्येक क्षण राष्ट्रसेवामा समर्पित गरेको उल्लेख गरेका छन्। उनले वाजपेयीको नेतृत्वमा भएको परमाणु परीक्षण र कारगिल युद्धले विश्वसामु भारतको शक्ति प्रदर्शन गरेको बताए। साथै, मूल्यमा आधारित राजनीतिमार्फत अन्त्योदय र सुशासनको अवधारणालाई व्यवहारमा उतार्न उनले महत्वपूर्ण भूमिका खेलेको शाहले उल्लेख गरे।

अमित शाहले अटल बिहारी वाजपेयीको विशाल व्यक्तित्व र नेतृत्वले भारतीय जनता पार्टीका प्रत्येक कार्यकर्तालाई राष्ट्र निर्माणका लागि सधैँ प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन्।

/ बिशाल


 rajesh pande