वन्दे मातरम्को कथित विरोधबारे भाजपाद्वारा कांग्रेसमाथि आक्रमण, २४ घण्टाभित्र माफी माग्न माग
भाजपा प्रवक्ता प्रदीप भंडारी


नयाँ दिल्ली, १६ अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले स्वतन्त्रता दिवसको अवसरमा कांग्रेस मुख्यालयमा ‘वन्दे मातरम्’ को पाठको कथित विरोध भएको विषयलाई लिएर कांग्रेस नेतृत्वको तीव्र आलोचना गरेको छ। भाजपाले यस घटनाका लागि कांग्रेसले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ।

भाजपा मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय प्रवक्ता प्रदीप भण्डारीले राष्ट्रिय गीतको विरोध केवल ‘दिमागी नक्सली’ विचारधाराबाट प्रभावित व्यक्तिहरूले मात्र गर्न सक्ने बताएका छन्। उनले कांग्रेस नेतृ सोनिया गाँधी र नेता राहुल गाँधीसमक्ष पाँच वटा प्रश्नसमेत उठाएका छन्।

भण्डारीले वन्दे मातरम्को कथित अपमानका लागि कांग्रेसले २४ घण्टाभित्र सार्वजनिक माफी माग्नुपर्ने बताएका छन्। उनले राहुल गाँधीलाई उक्त विचारधाराका राजनीतिक संरक्षकको रूपमा आरोप लगाउँदै एक अडियोको उल्लेख गरेका छन्, जसमा राहुल गाँधीले वन्दे मातरम् नगाएको भनिएको दाबी गरिएको छ।

उनले केरलस्थित कांग्रेस सरकारमाथि पनि आधिकारिक कार्यक्रमहरूमा वन्दे मातरम्को पाठ नगरेको आरोप लगाएका छन्।

भाजपा प्रवक्ताका अनुसार, यस्ता घटनाले कांग्रेसमाथि लाग्दै आएको राष्ट्रवादको अभावसम्बन्धी आरोपलाई थप बल दिएको छ र कांग्रेस नेता जयराम रमेशका भनाइहरू पनि गलत सावित भएको दाबी गरेका छन्।

भण्डारीले राष्ट्रिय सम्मानको अपमान रोकथाम ऐन, १९७१ मा २०२६ मा गरिएको संशोधनको उल्लेख गर्दै जानाजानी वन्दे मातरम्को विरोध गर्नु कानुनको धारा ३ को उल्लङ्घन भएको दाबी गरे। उनले राहुल गाँधी विपक्षी दलका नेताको पदका लागि योग्य छन् कि छैनन् भन्ने प्रश्नसमेत उठाए।

यसैबीच, कांग्रेस नेता पी. चिदम्बरमले आफूलाई ‘दिमागी नक्सली’ भनेको भनाइलाई पनि भण्डारीले निशाना बनाए। उनले चिदम्बरम गृहमन्त्री रहेका बेला कुनै शीर्ष नक्सली कमाण्डर मारिएको नभएको दाबी गर्दै मोदी सरकारले भने नक्सली खतराको अन्त्यतर्फ निर्णायक कदम चालेको र आदिवासी समुदायको सुरक्षा सुनिश्चित गरेको बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande