मलाई गर्व छ कि म ‘दिमागी नक्सली’ हुँ- पी. चिदम्बरम
चिदंबरम का ट्वीट


नयाँ दिल्ली, १६ अगस्त (हि.स.)। कांग्रेस नेता पी. चिदम्बरमले प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो लालकिल्लाबाट ‘दिमागी नक्सली’ हरूप्रति सतर्क रहन गरेको अपीलमाथि आज व्यंग्य गरेका छन्। उनले आफूलाई ‘दिमागी नक्सली’ भनिनुमा गर्व लागेको बताएका छन्।

उल्लेखनीय छ, हिजो प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्दै दशकौँसम्म सत्तामा रहेका यी ‘दिमागी नक्सलीहरू अहिले अवसरको खोजीमा रहेको र अराजकता फैलाउने नयाँ बाटाहरू खोजिरहेको बताएका थिए। उनले यस्ता व्यक्तिहरूले समाजलाई गलत दिशातर्फ धकेल्न विभिन्न प्रकारका उपायहरू अपनाइरहेको आरोप लगाएका थिए।

प्रधानमन्त्रीले देशले हिंसात्मक नक्सली गतिविधिलाई समाप्त गर्न सफलता प्राप्त गरिसकेको उल्लेख गर्दै अब ‘दिमागी नक्सलीहरूलाई पहिचान गरी अलग-थलग पार्न आवश्यक रहेको बताएका थिए। चिदम्बरमले आज यही अपीलमाथि कटाक्ष गर्दै सामाजिक सञ्जाल एक्समा उक्त टिप्पणी गरेका हुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande