असमका 93 वटा गाउँमा बाढी, मृतकको सङ्ख्या 108 पुग्यो, गोलाघाट जिल्लामा धनश्री नदीको जलस्तर खतराको निशानभन्दा माथि
असम बाढ़ः मुख्यमंत्री द्वारा प्रभावित इलाके की सोशल मीडिया पर पोस्ट की गयी तस्वीर


गुवाहाटी, 26 अगस्त (हि.स.)। असमका धेरै भागमा बाढीको अवस्था सामान्य हुन थालेको छ। यसैबीच, गोलाघाट जिल्लाको नुमालीगढ क्षेत्रमा धनश्री नदीको जलस्तर खतराको निशान नाघेको छ। शिवसागर, नगाउँ, धेमाजी, कार्बी आङ्लोङ, जोरहाट र गोलाघाट जिल्लाहरू बाढीबाट प्रभावित छन्। यी जिल्लाका 11 राजस्व सर्कलका 93 गाउँका 22663 नागरिक अझै पनि प्रभावित छन्। प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्धार कार्य जारी छ।

असम राज्य आपदा प्रबन्धन प्राधिकरणको तथ्याङ्कअनुसार, 25 अगस्तसम्म धनश्री नदीबाहेक सबै नदीहरू खतराको निशानभन्दा तल बगिरहेका छन्। यस वर्षको बाढीमा मर्नेको सङ्ख्या 108 पुगेको छ। हाल, राज्यमा कुल 4331.85 हेक्टर कृषि भूमि पानीमुनि छ।

हाल चारवटा राहत शिविर र तिनवटा राहत वितरण केन्द्र सञ्चालनमा छन्। 122 जनालाई राहत शिविरमा आश्रय दिइएको छ भने 2558 जना गैर शिविरका बासिन्दाहरूले राहत वितरण केन्द्रमा राहत पाइरहेका छन्। यसैबीच गोलाघाट जिल्लामा बाढीको पानीमा डुबेका दुई जनाको मृत्यु भएको छ। यससँगै बाढीमा ज्यान गुमाउनेको सङ्ख्या 108 पुगेको छ।

राज्य सरकारले बाढी प्रभावित क्षेत्रमा सडक, पुल र अन्य पूर्वाधारमा भएको व्यापक क्षतिको मूल्याङ्कन गरिरहेको छ। प्रभावितहरूलाई आर्थिक र अन्य सामग्रीहरू उपलब्ध गराइरहेका छन्।

--------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande