
नयाँ दिल्ली, 27 अगस्त (हि.स.)। भारतीय जनता पार्टीका सांसद अनुराग ठाकुरले भारतीय अर्थव्यवस्था र हिमाचल प्रदेशमा रोजगारीको मुद्दालाई लिएर काङ्ग्रेस नेता राहुल गान्धीमाथि चर्को हमला गरेका छन्। दिल्ली स्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारत आज विश्वको सबैभन्दा तीव्र गतिमा बढ़िरहेको प्रमुख अर्थव्यवस्था भएको र सम्पूर्ण विश्वले भारतलाई आशाका साथ हेरिरहेको बताए।
अनुराग ठाकुरले भने, भारतको जति विकास हुन्छ, सम्पूर्ण विश्वले यसबाट लाभ पाउनेछ। उनले राहुल गान्धीमाथि पनि प्रहार गर्दै विदेशबाट आउने सूचनाका आधारमा झूट बोल्नु र बयानबाजी गर्न बन्द गर्नुपर्ने बताए।
भाजपा सांसदले हिमाचल प्रदेशमा पाँच लाख सरकारी जागिर दिने वाचा गरेकोमा राहुल गान्धीसँग जवाफ मागेका छन्। उनले राहुल गान्धी र काङ्ग्रेसले राज्यका जनतालाई, विशेषगरी युवाहरूलाई उनीहरूको रोजगारको चुनावी वाचा के भयो भनेर बताउनुपर्ने बताए।
उल्लेखनीय कुरा के छ भने, केन्द्रको आर्थिक सर्वेक्षण 2025-26 ले भारतलाई लगातार चौथो वर्ष सबैभन्दा द्रूत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बताएको छ। यसैबीच हिमाचल प्रदेशमा रोजगारी र सरकारी जागिरका विषयमा काङ्ग्रेस सरकार र यसका चुनावी वाचाहरूमाथि भाजपाले निरन्तर प्रश्न उठाउँदै आएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी