नेपालमा जलप्रलय : कम्तीमा १५७ जनाको मृत्यु, विदेशी नागरिकसहित करिब ७०० जना बेपत्ता
नेपाल पुलिस की एक्स पोस्ट में दिया गया बाढ़ का अपडेट


नेपाल में इस बाढ़ को अब तक की प्रमुख आपदाओं में से एक कहा जा रहा है। फोटो - इंटरनेट मीडिया


काठमाडौं, २७ अगस्त (हि.स.)। नेपालका रसुवा तथा छेउछाउका क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म कम्तीमा १५७ जनाको मृत्यु भएको छ भने करिब ७०० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये विदेशी नागरिक तथा सुरक्षाकर्मीसमेत रहेका छन्। बाढीले तीन जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। केही समयमै आएको जलप्रलयले मानिस, घर, सवारीसाधन तथा आवश्यक पूर्वाधारहरू बगाएको छ। यसलाई पछिल्ला वर्षहरूमा नेपालमा आएको सबैभन्दा घातक जल विपत्तिमध्ये एक मानिएको छ। नेपाल पुलिसले अबेर राति सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको रसुवा जिल्लाको बाढीसम्बन्धी अपडेटमा मृतकको संख्या १५७ पुगेको पुष्टि गरेको छ।

बाढीमा ज्यान गुमाएका मानिसहरुका शव चीनसँग सीमा जोडिएका उत्तरी जिल्लादेखि भारतसँग सीमा जोडिएका क्षेत्रसम्म फेला परेका छन्। नेपाल पुलिसको पछिल्लो अपडेटअघि जारी विवरणअनुसार, सबैभन्दा प्रभावित रसुवा जिल्लाबाट एक शव तथा भारतीय सीमासँग जोडिएको चितवनस्थित नारायणी नदीबाट ६४ शव बरामद भएका छन्। त्यस्तै गोरखाबाट १९, धादिङबाट १८, नुवाकोटबाट ११, तनहुँबाट नौ तथा नवलपरासीबाट एक शव बरामद भएको छ। नवलपरासी पनि भारतको सीमासँग जोडिएको जिल्ला हो।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार, हालसम्म २४५ जना स्थानीय बासिन्दा सम्पर्कविहीन भएका छन्। यसबाहेक नेपाल पुलिसका २६, नेपाली सेनाका २२ तथा सशस्त्र पुलिस बलका १३ जना सुरक्षाकर्मी बेपत्ता भएका छन्।

बाढी प्रभावित क्षेत्रमा ३८४ जना पर्यटकसँग पनि सम्पर्क टुटेको छ। नेपाल पर्यटन बोर्डका अनुसार, बेपत्ता पर्यटकमध्ये १३९ जना भारतीय नागरिक रहेका छन्। त्यस्तै भारतीय मूलका ३७ जना गैरआवासीय भारतीय (एनआरआई) समेत बेपत्ता भएको बताइएको छ।

नेपाल पुलिसका अनुसार, बाढीमा घाइते भएका ८१ जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरूको काठमाडौं तथा आसपासका जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। उद्धार अभियानका क्रममा हालसम्म २१६ जनालाई जीवितै उद्धार गरिएको छ। तीमध्ये १२३ जनालाई हेलिकप्टरमार्फत र ९३ जनालाई स्थलमार्गबाट सुरक्षित स्थानमा ल्याइएको छ।

बाढीका कारण विभिन्न क्षेत्रको यातायात तथा सञ्चार पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। सरकारी तथ्यांकअनुसार ३५ वटा पुल र ४५ वटा झोलुङ्गे पुल बगेका छन्। यसका कारण धेरै क्षेत्रको आवागमन प्रभावित भएको छ। त्यस्तै करिब ४० किलोमिटर राजमार्ग समेत बाढीको चपेटामा परेको छ।

सरकारी अधिकारीहरूका अनुसार, बाढी प्रभावित क्षेत्रमा अवस्था अझै गम्भीर रहेको छ र उद्धार तथा राहत कार्य जारी छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande