नेपालमा विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो
नुवाकोट स्थित एक हाइड्रोपावर प्रोजेक्ट


काठमाडौं, २७ अगस्त (हि.स.)। नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल पुलिसले विभिन्न जिल्लाबाट हालसम्म २७० जनाको शव बरामद भएको जनाएको छ।

नेपाल पुलिसका अनुसार, चितवनमा सबैभन्दा धेरै १०८ जनाको शव बरामद भएको छ। त्यस्तै पूर्वी नवलपरासीमा ६२, पश्चिमी नवलपरासीमा १५ र धादिङमा २७ जनाको शव फेला परेको छ।

यसैगरी गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव बरामद भएको पुलिसले जनाएको छ।

पुलिसका अनुसार, विभिन्न अस्पतालमा ५२ जना घाइतेको उपचार भइरहेको छ। तीमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। ठूलो जनधनको क्षति भएको यस विपत्तिमा सयौं मानिस अझै सम्पर्कविहीन रहेको र उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande