नेपालः रसुवा जिल्लामा मात्र १७८ भारतीयसहित ५१७ विदेशी पर्यटक सम्पर्कविहीन
नेपाल पर्यटन बोर्ड


काठमाडौं, २७ अगस्त (हि.स.)। नेपालमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा जिल्लामा १७८ भारतीयसहित ५१७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो १ बजीसम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

पर्यटन बोर्डका अनुसार, सम्पर्कविहीन विदेशी पर्यटकमध्ये अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना छन्। त्यस्तै सिंगापुरका ९ तथा रूस र जर्मनीका ८-८ पर्यटक सम्पर्कविहीन छन्।

यसैगरी लाटभियाका ६, दक्षिण अफ्रिकाका ६, न्यूजिल्यान्डका ५, जापानका ५, फ्रान्सका ४ तथा स्पेनका ३ पर्यटकसँग पनि सम्पर्क हुन सकेको छैन। इटाली, आयरल्यान्ड, कजाकिस्तान, नेदरल्यान्ड्स र पोर्चुगलका २-२ जना तथा बेलारुस, बुल्गेरिया, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, सर्बिया, स्विडेन र स्विट्जरल्यान्डका एक-एक पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

बाढीका कारण १२७ जना नेपाली आन्तरिक पर्यटक पनि सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande