नेपाली सेनाले २१ भारतीयसहित १२३ जनाको सकुशल उद्धार गर्यो
राहत बचाव कार्य में नेपाली सेना


काठमाडौँ, २७ अगस्त (हि.स.)। नेपालमा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियान युद्धस्तरमा सञ्चालन भइरहेको छ। नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत १२३ जनाको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये २१ जना भारतीय पर्यटक पनि रहेका छन्।

नेपाली सेनाका अनुसार, टिमुरे क्षेत्रबाट ९५ जना, हाकुस्थित एक जलविद्युत् परियोजनाको सुरुङमा फसेका ७ जना तथा बेपत्ता भएका २१ भारतीय पर्यटकलाई जीवित र सुरक्षित रूपमा बाहिर निकालिएको हो।

सेनाले प्रभावित क्षेत्रका अन्य सुरुङहरूमा फसेका व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको पनि सेनाले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande