शिलङ्गमा मुख्यमन्त्री सरमाले असम रेजिमेन्टका शहीदहरूलाई दिए श्रद्धाञ्जली
शिलङ्गमा मुख्यमन्त्री सरमाले असम रेजिमेन्टका शहीदहरूलाई दिए श्रद्धाञ्जली


शिलङ्ग, 29 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार शिलङ्गस्थित असम रेजिमेन्टको युद्ध स्मारकमा पुगेर देशको सेवामा सर्वच्च बलिदान दिने वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले शहीद जवानहरूको वीरता, समर्पण औ राष्ट्रप्रति उनको सर्वोच्च बलिदानलाई नमन गरे। उनले देश रक्षाको लागि आफ्नो प्राण न्यौछावर गर्ने वीर जवानहरूप्रति सम्मान व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande